सैनामैना तिज महोत्सवमा ५५ जनाले निःशुल्क नशा तथा मेरुदण्ड परिक्षण गराए

सुरेश परियार,भाद्र ५ गते,

सैनामैनाको कलौनीमा जारी तिज महोत्सवमा स्वास्थ्य शिविर चलिरहेको छ । नेपाली महिलाहरुको हरितालीका तिजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रा.लिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रा.लिको ब्यवस्थापनमा भएको महोत्सवमा दर्शकहरुका लागी निःशुल्क शिविर लागेको हो ।

क्लबका सचिब पदम पाण्डेका अनुसार भाद्र ४ गते देखि महोत्सव अवधि भरि चौराह हस्पिटलको प्राविधिक सहयोगमा सुरु भएको स्वास्थ्य शिविरमा आज हाडजोर्नी नशा तथा मेरुदण्ड चेकजाँच भएको छ ।

करिब ५५ जनाले आज निशुल्क हाडजोर्नी नशा तथा मेरुदण्ड चेकजाँच गराएका छ्न । क्लबका सचिब पदम पाण्डेले भोली अर्थात भाद्र ६ गते बिहान सुगर टेस्ट र दिउँसो २:०० बजे देखि फिजिसियनबाट निशुल्क ओपेडी सेवा प्रदान गरिने जानकारी गराए ।

महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु.१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ ।सैनामैना वडा न.६ स्थित कलौनी बजारमा सो महोत्सव भईरहेको छ ।

सम्बन्धित समाचार