सुरेश परियार,भाद्र ४ गते,
सैनामैना जेसिजले दुबै मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।सैनामैना वडा न.३ बस्ने बर्ष ५९का नारायण उपाध्यय दुबै मृगौला फेल भएर बिगत ६ बर्ष देखि समस्यामा थिए ।
उपाध्ययलाई उपचारमा आर्थिक समस्या भए पछि जेसिजले राहत स्वरुप आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक गोपाल भण्डारिले जानकारी दिए ।कार्यक्रम संयोजक भण्डारिले मृगौला पीडितलाई रु.११ हजार प्रदान गरेको उल्लेख गरे ।
सोही कार्यक्रममा बोल्दै सैनामैना जेसिजका सस्थापक अध्यक्ष तथा सैनामैना वडा न.४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीले मानवीय कार्य गरेको प्रति जेसिजलाई धन्यवाद ज्ञापन गरेका छ्न ।
यो सहयोगले उपचारमा समेत टेवा पुग्ने बताउदै अधिकारीले तिनै तहको सरकारबाट राहत स्वरुप रकम मृगौला पीडितलाई दिदै आइरहेको बताउदै यसको लाभ लिन आग्रह गरे ।
दु:खमा मलम लगाउने काम गर्दै आएको सैनामैना जेसिजका अध्यक्ष रामचन्द्र ढकालले बताएका छ्न ।पीडितलाई उपचारमा सहयोग होस् भन्ने उदेश्यले जेसिजले सहयोग गरेको बताउदै अध्यक्ष ढकालले आगामी दिनमा सामाजिक कामले निरन्तरता पाउने जिकिर गरे ।
कार्यक्रममा सैनामैना जेसिजको पुर्बअध्यक्षद्वय बिमल ज्ञवाली,सीता क्षेत्रीले बोल्दै स्वास्थलाभको कामना गरेका थिए ।
कार्यक्रममा कानुनि सल्लाहकार भेषराज भण्डारिको आस्था पाठ,जेसिजका भि.पि गोपाल भण्डारिको स्वागत तथा महासचिव कृष्ण भण्डारिको सन्चालन भएको अध्यक्ष सल्लाहकार गोबिन्द खरेलले जानकारी दिए ।
राहत रकम पाए संगै पीडितले खुशी ब्यक्त गर्दै सहयोगको थप याचना समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्