सुरेश परियार,साउन २९ गते,
सैनामैना नगरपालिका वडा न.९ले एक्लौटी रुपमा टोल विकास समिति गठन गरेको भन्दै ध्यानाकार्षण गराईएको छ । वडा न.९मा ८ वटा टोलमध्ये ६ वटा टोल गठन गर्दा एमालेकै कार्यकर्ता मात्र समितिमा राखिएको आरोप लगाउदै कुनै राजनितिक पुर्वाग्रह नराखी सबै घरधुरिबाट सर्वसम्मत गराउन जोडदार माग गरिएको हो ।आज नेपाली कांग्रेस वडा न.९ समिति,नेकपा माओवादी केन्द्र वडा कमिटि र राष्ट्रिय प्रजातन्त्र पार्टि वडा समितिले संयुक्तरुपमा ज्ञापन पत्र जारी गर्दै वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डेलाई उक्त पत्र प्रदान गरेको छ ।
राजनितिक पुर्वाग्रहका आधारमा घरधुरीका ब्यक्तिहरुलाई भेला गरि टोलबासीको चाहाना विपरित टोल गठन गरिएको नेपाली कांग्रेस वडा न.९का सभापति ईश्वरी तिवारीले आरोप लगाएका छन् ।टोल विकास संस्था कार्यविधि २०७७ अनुसार टोल गठन हुनुपर्ने बताउदै गठन गरिएका ६वठा टोल पुर्नगठन गर्न सभापति तिवारीले आग्रह गरेका हुन् । जनताको पक्षमा सधैव उभिने सभापति तिवारीले अंटोट लिए ।

टोल विकास गठन र वडाभित्रको भुउपयोग सम्बन्धी नक्सांकन गर्दा वडाले कोहि संग परार्मश नगरि हचुवाको भरमा जग्गाको वर्गिकरण गरेको आरोप कांग्रेस नेता आशिष ज्ञवालीले लगाए । माग सम्बोधन नभए सशक्त विरोधमा उत्रिने चेतावनी समेत दिए ।
के–भन्छन् वडाअध्यक्ष भानुभक्त पाण्डे ?

सैनामैना नगरपालिका वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डेले टोल विकास कार्यविधि अनुसार नै टोल समिति गठन गरेको दाबी गरेका छन् ।प्रत्येक घरधुरीलाई सुचना दिएर भेलाको आधारमा नै सर्वसम्मत गराएको अध्यक्ष पाण्डेको भनाई छ ।वडाअध्यक्ष पाण्डेले ६ वटा टोल गठन गर्दा कतै कमि कमजोरी भए सुझाब अनुसार आफुहरुले आवश्यक सुधार गर्ने कुरा समेत स्विकार गरेका छन् ।भने,जग्गा वर्गिकरण गर्दा आफुहरुले एक्लौटी नगरेको समेत दावि उनले गरे ।
ज्ञापन पत्र ः


प्रतिक्रिया दिनुहोस्