सनराईज बैँक सुनवल शाखाद्धारा सार्वजनिक चौतारी निर्माण

सुरेश परियार,साउन २७ गते,

सनराईज बैँक सुनवल शाखाको लगानीमा सार्वजनिक चौतारी निर्माण भएको छ ।सुनवल वडा न.३स्थित किर्तिपुरको ०२ न.मा चौतारी निर्माण गरिएको सनराईज बैँकका सुनवल शाखा प्रमुख प्रकाश खनालले जानकारी दिए ।बैँकले हरेक वर्ष आम्दानीको १ प्रतिशत सामाजिक क्षेत्रमा खर्चे गर्नेगरि अघि बढेको बताउँदै गत वर्ष पनि १ सय बढि सामाजिक कार्यक्रम गरेको खनालले उल्लेख गरे ।

सो चौतारीको सुनवल नगरपालिकाका मेयर बिमला अर्यालले उद्धघाटन गरेकी हुन् ।बैँकले उदारणीय कार्य गरेको सुनवल नगरपालिकाका मेयर बिमला अर्यालले बताईन् ।बैँकले वित्तिय सेवा प्रवाह संगै सामाजिक काम गर्दै आएको बताउँदै मेयर अर्यालले सबैको अथक प्रयासमा मात्र नगर समृद्ध हुने जिकिर समेत गरिन् ।

यस्तै,कार्यक्रममा सनराईज बैँकका नायब महाप्रबन्धक अपछ कुमार यादवले सामाजिक क्षेत्रमा सहयोग गर्न पाउदा हर्षित भएको बताउदै आगामी दिनमा समेत यि यस्ता कार्यक्रमले निरन्तरता पाउने विश्वास ब्यक्त गरे ।

कार्यक्रम पुमासरी गुरुङ्गको अध्यक्षता,सुनवल नगरपालिकाका मेयर बिमला अर्याल प्रमुख आतिथ्यता तथा सनराईज बैँकका नायब महाप्रबन्धक अपछ कुमार यादवको विशिष्ट आतिथ्यता,सुनवल वडा न.३का वडाअध्यक्ष पविन गुरुङ्गको आतिथ्यतामा कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार