लेजर गनको प्रभावः बेतुकले हुइँकिने सवारीसाधनमा कमी,दुई दिनमै ७९बढीलाई कारबाही

हेर्दा चिल्लो र फराकिलो देखिने यि सडकखण्डलाई सुरक्षाको दृष्टिले अत्यन्त जोखिमयुक्त मानिन्छ ।त्यसलाई न्यूनीकरण गर्न आवश्यक पूर्वाधार जस्तैः आकाशे पुल,जेब्रा क्रसिङ, ट्राफिक बत्तीलगायतका कार्यले अझै पूर्णता पाएको छैन ।जसकारण दिनँहु सवारीसाधन एकआपसमा ठोक्किने र दुर्घटना हुने क्रम बढिरहेको छ । यो सडकखण्डमा बढ्दै गएको दुर्घटनालाई ध्यानमा राखी जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लेजर गन प्रयोगमा ल्याएको हो । तिव्र गतिका कारण ९० प्रतिशत सवारी दुर्घटना हुने गरेको तथ्याङकले देखाएको प्रहरी निरिक्षक केशव के.सीले बताए । सरकार दुर्घटना न्यूनिकण गर्न ट्राफिकको मात्र भर परेको देखिन्छ ।

सुरेश परियार,साउन२५ गते,

रुपन्देही जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याइएको छ । लेजर गनमार्फत सडकमा गुड्ने सवारीको गति मापन कार्यलाई कडाइ गर्नाले बेतुकले हुइँकिने सवारीसाधनमा कमी आउँने जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी निरिक्षक केशव के.सीले जानकारी दिए ।

पछिल्लो समय मुख्य राजमार्ग अन्र्तगत महेन्द्र तथा सिद्धार्थ राजमार्गमा साना तथा ठुला सवारी दुर्घटना बढिरहेको र यो अवस्थालाई शून्यमा झार्न यो अभ्यास थालिएको प्रहरी निरिक्षक के.सीको भनाई छ ।योसँगै यि सडकखण्डमा हुने गरेको दुर्घटनाको मुख्य कारण पनि तीव्र गति नै रहेको प्रष्ट भएको छ । ट्राफिक प्रहरीले लेजर स्पिड गन प्रयोगमा ल्याएपछि दुई दिनमै ७९सवारी साधन कार्वाहीमा परेका छन् । कारवाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन २४ गते बाट लेजर गनबाट सवारीको गति मापन कार्य थालिएको छ । केही दिन सवारीचालकलाई सचेत गराउन सो अभियान सञ्चालन गरिदैँ छ भने कारवाही नै गर्ने गरी लेजर गन सञ्चालन भइरहेको छ ।ट्राफिक प्रहरीले फरक रुट बनाएर दैनिक ३ सिफ्टमा लेजर स्पिड गनमार्फत सवारी साधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही गर्दै जाने प्रहरी निरिक्षक के.सीले उल्लेख गरे ।

हेर्दा चिल्लो र फराकिलो देखिने यि सडकखण्डलाई सुरक्षाको दृष्टिले अत्यन्त जोखिमयुक्त मानिन्छ । त्यसलाई न्यूनीकरण गर्न आवश्यक पूर्वाधार जस्तैः आकाशे पुल, जेब्रा क्रसिङ, ट्राफिक बत्तीलगायतका कार्यले अझै पूर्णता पाएको छैन ।जसकारण दिनँहु सवारीसाधन एकआपसमा ठोक्किने र दुर्घटना हुने क्रम बढिरहेको छ । यो डकखण्डमा बढ्दै गएको दुर्घटनालाई ध्यानमा राखी जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लेजर गन प्रयोगमा ल्याएको हो ।

लेजर गन सञ्चालन भएपछि दुर्घटना कम हुन थालिसकेको प्रहरी निरिक्षक के.सी भन्छन । उनी भन्छन्, ‘सामान्य दुर्घटना दिनहुँ भइरहन्थ्यो अहिले कम भएको छ ।’ के.सीका अनुसार यो सडक चिल्लो देखेर चालकले तीव्र गतिमा सवारी हुइक्याउने गर्छन् ।नियम उल्लंघन गर्नेलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार नै कारवाही गर्दै जाने केसीले बताए । ‘नियमअनुसार हेर्ने हो भने एक हजार रुपैयाँ जरिवानाको व्यवस्था छ’ उनले भने, ‘हामी कडाइका साथ लागी पर्ने छौँ’।तिव्र गतिका कारण ९० प्रतिशत सवारी दुर्घटना हुने गरेको तथ्याङकले देखाएको प्रहरी निरिक्षक केशव के.सीले बताए । सरकार दुर्घटना न्यूनिकण गर्न ट्राफिकको मात्र भर परेको देखिन्छ ।

सम्बन्धित समाचार