SKIP THIS

Sarwajanik
कला / साहित्य

कविता : सपनाको महल

~राजकुमार बराल ‘राजु’~

प्रिये
तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए
तिमीले पनि देख्ने सपना यस्तै नभएको भए
भन्न सक्दिनथेँ होला
बिचारको भूमध्यरेखामा उभिएर
भरिएका भावनाका गाग्रीहरुले
कस कसलाई भिजाउँथे र
कस कसलाई सिंचित गर्थे भनेर

प्रिये
तिमीले भन्ने प्रेमकहानी अर्कै भैदिएको भए
तिमीले हिँड्ने गोरेटो अर्कै भैदिएको भए
सायद
तिमीले गाउँने पालाम सुन्ने म हुँन्थेन होला वा
मैंले नाँच्ने बालननाचमा गाउँने तिमी हुँन्थेनौ होला

तर बिचार गर प्रिये
धर्ती एकै हुँदैमा
सपना एकै बुन्दैमा
एउटै गोरेटो हिँड्दैमा वा
पालाम बालन सँगै नाच्दैमा वा गाउँदैमा
संबन्धका डोरीहरु तान्दा
काटिएका मनका कित्ताहरु नजोडिन पनि सक्छन

त्यतिबेला तिमीलाई लाग्न सक्छ
तिमीले जिएको जिबन
तिम्रो जस्तो छैन
मैंले पढेको जिबन
मेरो जस्तो छैन ।
अनि ख्याल राख प्रिये
सपनाको आफ्नै बिरासत हुन्छ
यसको आफ्नै महल हुन्छ
तिम्रा विपनाका यादहरु भन्दा पनि बिशाल ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

सम्बन्धित समाचार