अन्तरास्ट्रिय

बाढि पहिरोको कारण मृत्यु भएका प्रति अन्तराष्ट्रिय धादिङ समाजद्वारा शोक विज्ञप्ति जारी

साउन ४ गतेदेखी परेको अविरल बर्षाको कारण बाढि पहिरोको कारण धादिङमा मृत्यु भएकाहरु प्रति अन्तराष्ट्रिय धादिङ समाजले शोक विज्ञप्ति प्रकाशित गरेको छ ।अबिरल बर्षाको कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खवास गाउँमा गएको पहिरोमा मृत्यु भएका मिलन खवास, संझना खवास, अन्जिता खवास र महेश खोलाले बगाएर मृत्यु भएकी लक्ष्मी पुन मगर,मलेखुको पहिरोमा परि मृत्यु भएकी निरूता परिवार को असामयिक दुःखद निधन प्रति अन्तराष्ट्रिय धादिङ समाजले दुख व्यक्त गरेको छ ।

साथै सम्पूर्ण मृतकहरु प्रति अन्तराष्ट्रि धादिङ समाजको तर्फ बाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौ विज्ञप्तिमा भनिएको छ ।साथै सम्पूर्ण घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरीएको छ । प्राकृतिक बिपत्तीमा परि घाईते हुनुहुने सबैलाई उपचार, उद्धार,राहत र क्षति न्यूनीकरण गर्न नेपाल सरकार,धादिङका सम्पूर्ण राजनीतिक दलहरु लगायत विभिन्न संघ सस्थाहरु एकजुट भएर सहयोग गर्न हार्दिक अपिल गर्दछौ शोक विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार