सरकारले आज नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिडलाई अर्काे कार्यकालका लागि नियुक्ति गर्दैछ । कुलमानको पहिलो सफल कार्यकाल आज आइतवार सकिदैछ ।
कार्यकाल सकिएकै दिन कुलमानलाई अर्काे कार्यकालका लागि नियुक्ति गर्न सत्तारुढ दल नेकपाभित्र सहमति भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई नियुक्त गर्ने प्रस्ताव ल्याउन उर्जामन्त्री बर्षमान पुनलाई आग्रह गरिसकेका छन् ।
नेपाललाई लगभग लोडसेडिड मुक्त गराएका कुलमान कामभन्दा बढी चर्चामा रहने गरेका छन् । कामसँगै मिडियामा पनि राम्रो प्रभाव जमाएका कुलमान केही मिडिया हाउसले उनका पक्षमा सधै लविड पनि गरिरहेका छन् । चौतर्फी दवावपछि सरकार कुलमानलाई नै दोहरयाउने मनसायमा पुगेको छ ।
आज बस्ने मन्त्रीपरिषदको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभाका लागि सिफारिस गर्ने भएको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्टिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । सचिवालयले निर्णय गरेपनि गौतमको नाम मन्त्रीपरिषदबाट सिफारिस भएको थिएन । प्रधानमन्त्री ओलीले अनिच्छा देखाउँदा उनको नाम सिफारिस हुन नसकेको नेकपा नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्