सुरेश परियार,असोज १० । नेपाली कांग्रेस क्षेत्रीय अधिवेशनमा यकबहादुर सुनारले रुपन्देही क्षेत्र नं.१को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। क्षेत्र नं. १ को संगठनलाई थप व्यवस्थित, सक्रिय, सुदृढ तथा सबैलाई समेट्ने उद्देश्यका साथ आफूले उम्मेदवारी प्रस्तुत गरेको सुनारले बताएका छन्। लामो समय देखि नेपाली कांग्रेसको विभिन्न तप्कामा रहेर ईमान्दारपुर्वक काम गर्दै आएका सुनार अन्तत् क्षेत्रलाई एक ढिक्का बनाएर लैजान उम्मेद्वारी दिएका हुन् ।मतदाताले पनि यकबहादुर सुनारको उम्मेद्वारी चाहेकाले आफु उम्मेद्वार बनेर उभिएको बताए ।
संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको सुझाव, सहभागिता र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै सुनारले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिहरूको साथ, समर्थन, सहयोग तथा मतको अपेक्षा गरेका छन्।संगठनको एकता, सक्रियता र प्रभावकारिता बढाउँदै क्षेत्र नं. १ लाई थप व्यवस्थित ढंगले अघि बढाउने आफ्नो मुख्य उद्देश्य रहेको सुनारले उल्लेख गरे ।
किन ? यक बहादुरलाई जिताउने ?प्राथमिकताका उद्देश्यहरू के छन् ?
संगठन सुदृढीकरणः नेपाली कांग्रेस क्षेत्र नं. १ को संगठनलाई थप व्यवस्थित, सक्रिय, सुदृढ र प्रभावकारी बनाउने।
सबैलाई समेट्ने कांग्रेसः नेपाली कांग्रेसका सबै तह, वर्ग, समुदाय, भूगोल र पुस्तालाई समेट्दै संगठनमा एकता, सहकार्य र समन्वयलाई मजबुत बनाउने।
कार्यकर्तासँग नियमित संवादः कांग्रेसका नेता तथा कार्यकर्तासँग नियमित भेटघाट, छलफल र अन्तरक्रिया गर्दै उनीहरूका समस्या, सुझाव र भावनालाई प्राथमिकताका साथ सम्बोधन गर्ने।
युवा सहभागिता र नेतृत्व विकासः नेपाली कांग्रेसमा युवाको सहभागिता बढाउँदै नयाँ पुस्तालाई संगठनमा सक्रिय बनाउने तथा नेतृत्व विकासका अवसर सिर्जना गर्ने।
महिला तथा समावेशी सहभागिताः नेपाली कांग्रेसको संगठनमा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वलाई प्रोत्साहन गर्ने।
कार्यकर्ता क्षमता विकासः कांग्रेसका नेता तथा कार्यकर्ताको राजनीतिक, सांगठनिक र नेतृत्व क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, अभिमुखीकरण तथा वैचारिक कार्यक्रम सञ्चालन गर्ने।
जनतासँग कांग्रेसको सम्बन्ध मजबुत बनाउनेः नेपाली कांग्रेस र आम नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै स्थानीय जनताका समस्या, आवश्यकता र जनचासोलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पु¥याउने।
प्रविधिमैत्री कांग्रेसः बदलिँदो समयअनुसार सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग गर्दै नेपाली कांग्रेस क्षेत्र नं. १ का संगठनात्मक गतिविधिलाई आधुनिक र व्यवस्थित बनाउने।
पारदर्शिता र जवाफदेहिताः संगठनका गतिविधिमा पारदर्शिता, अनुशासन, जिम्मेवारी र जवाफदेहिताको संस्कारलाई प्राथमिकता दिने।
निरन्तर जनसम्पर्कः निर्वाचनको समयमा मात्र नभई नियमित रूपमा जनताको घरदैलोमा पुग्ने, जनताका समस्या सुन्ने र नेपाली कांग्रेसलाई निरन्तर जनतासँग जोडिराख्ने।
आन्तरिक एकता र सहकार्यः नेपाली कांग्रेसभित्र देखिने मतभेद तथा असमझदारीलाई संवाद, सहकार्य र आपसी समझदारीमार्फत समाधान गर्दै संगठनात्मक एकतालाई मजबुत बनाउने।
सामूहिक नेतृत्वको विकासः व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक नेतृत्व, सहकार्य र सबैको सहभागितामा आधारित नेपाली कांग्रेस क्षेत्र नं. १ को संगठन निर्माण गर्ने।

प्रतिक्रिया दिनुहोस्