मुख्य समाचार

रुपन्देहीमा नवप्रवर्तन र जनचेतना विशेष कार्यक्रम हुँदै,आईजिपि कार्कीले सम्बोधन गर्ने

सुरेश परियार,जेठ २९ गते ।सुरक्षित समाज निर्माण गर्न नेपाल प्रहरीले रुपन्देहीमा प्रविधि र सामुदायिक विशेष कार्यक्रम गर्ने भएको छ । बढ्दो डिजिटलको अधिकतम प्रयोग र सामुदायिक लक्षित कार्यक्रम गर्दै जनचेतना प्रवाहको सन्देश नेपाल भर दिन कार्यक्रम गर्न लागिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

श्ुक्रबार पत्रकार सम्मेलन गर्दै जेठ ३० र ३१ गते प्रहरी तालिम केन्द्र बुटवलमा हुने कार्यक्रममा सुरक्षा चुनौती जुध्न परम्परागत उपाय मात्र नभई प्रविधिको माध्यमबाट सार्वजनिक सुरक्षा,साईबर व्युरो नियन्त्रण,अनुसन्धान सहयोग,लागुऔषध दुव्र्सनी,सडक सुरक्षा,आत्महत्या न्युनिकरण,डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि तथा प्रहरी सेवालाई थप विशिष्टकृत बनाउन ह्याक फर सेफ्टी कार्यक्रम गर्न लागीएको प्रहरी नायव महानिरीक्षक खत्रीको भनाई छ ।

यस्तै,असार १ गते लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रममा बुद्धको मार्ग,प्रहरीको प्रतिबद्धता कार्यक्रम अन्र्तगत बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति,सहिष्णुता,सामाजिक सद्धाव रसामुहिक जिम्मेवारीका सन्देश प्रवाह गर्ने गरि कार्यक्रम गर्न लागिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यता रहने लुम्बिनी प्रहरीले जनाएको हो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रममा प्रहरीको विविध साँस्कृतिक कार्यक्रम र नाटकीय प्रस्तुति रहने उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक लुम्बिनी प्रदेशमा बृहत कार्यक्रम गर्न लागिएको हो ।

सम्बन्धित समाचार