मुख्य समाचार

भोलीदेखि ७औँ सैनामैना महोत्सव हुँदै,मुख्यमन्त्री आचार्यले उद्घाटन गर्ने

महोत्सवबाट रु.५ करोडको कारोबार १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्थानीय कृषि उपज वस्तु र विज्ञान प्रविधिको विशेष प्रदर्शनी हुनेछ ।

रुपन्देहीको सैनामैनामा भोलीदेखि ७आँै सैनामैना महोत्सव हुने भएको छ । कृषि,पर्यटन तथा औद्योगिक महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । सैनामैना महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।महोत्सवबाट रु.५ करोडको कारोबार १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्थानीय कृषि उपज वस्तु र विज्ञान प्रविधिको प्रदर्शनी हुनेछ ।

सैनामैना व्यापार संघका अध्यक्ष तथा महोत्सव मुल समितिका संयोजक सुरेन्द्र पौडेलले महोत्सवले सैनामैनाको कृषि, ब्यापार,उद्योग र पर्यटन क्षेत्रको विकास टेवा दिने उल्लेख गर्दै स्थानीय कृषि उपज वस्तुकोउत्पादन र व्यवसाय प्रवद्र्धन हुने बताएका छन् । अध्यक्ष पौडेलले स्थानीय व्यापार,घरेलु उद्योग,कृषक र साना व्यवसायीलाई समेत प्रोत्साहन मिल्ने तर्क राखे । महोत्सवको टिकट एकसय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई परिचयपत्रको आधारमा छुट तथा वृद्ध,वृद्धाहरु र अपांगहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले पत्रकार सम्मेलन मार्फत बताए ।

महोत्सवमा जम्मा १ सय ३० वटा स्टल रहने र व्यापारिक स्टल,कृषि तथा घरेलु उत्पादनकोे प्रदर्शनी हुने महोत्सव समितिका प्रचार प्रसार संयोजक शिवलाल घिमिरेले जानकारी दिए ।

संघका प्रथम उपाध्यक्ष तथा महोत्सवका सांस्कृतिक संयोजक दिपेन्द्र ढकालले राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा साँस्कृति प्रस्तुति रहने छ भने धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न विविध प्रतियोगिता सञ्चालन हुने उल्लेख गरे ।

महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम,भजन, डान्सिङ आईडल,विज्ञान प्रदर्शनी,महिला पुरुष जोडी नृत्य तथा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत सञ्चालन हुनेछ । माघ २५ गतेसम्म हुने चल्ने महोत्सवमा सैनामैनाको पर्यटन क्षेत्रलाई समेटेर फोटो,जलपरी प्रदर्शनी र लण्डन ब्रिजको आकर्षण,खेल मनोरञ्जन सामाग्री रहने आयोजकले जनाएको छ ।सैनामैना व्यापार संघका महासचिब भिमलाल सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

सम्बन्धित समाचार