ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराले बलात्कार देखि चोरी डकैतीमा संलग्नलाई धमाधम नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अघि बढाएको छ । केही दिन अघि ईलाका प्रहरी कार्यालय लुम्बिनीमा कार्यालय प्रमुखमा आएका प्रहरी निरीक्षक होमनाथ रेग्मी र ईलाका प्रहरी कार्यालय सुर्यपुरामा कार्यालय प्रमुखमा आएका पुस्कर कार्कीको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले शृंखलाबद्ध रुपमा अपराध गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
पहिलो घट्ना :
रुपन्देहीको मायादेवी गाउँपालिका वडा न.४ झुलनीपुरमा रहेको एक सुन पसलबाट सुन सहित मोबाईल लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको छ । पसलका सञ्चालक अनिल कुमार सोनारलाई पेस्तोल र धारिलो हतियार देखाई डरत्रासमा पारी हातखुट्टा बाँधि रु.५३ लाख ७३ हजार ३ सय ४३ बराबरको गरगहना,मोबाईहरु चोरी भएको थियो । घटना लगत्तै प्रहरीले अनुसन्धान अघि त्रढाए संगै छोटो समयमै घटनामा संलग्नलाई पक्राउ गरि कार्वाही अघि बढाएको छ ।
पक्राउ पर्नेमा भारत सिद्धार्थनगर वेलसड डिहवा स्थायी भई गैडहवा गाउँपालिका वडा न.१ मडवामा बस्ने वर्ष ५२का रमजान खान,लुम्बिी साँस्कृतिक नगरपालिका वडा न.५ स्थायी भै वडा न.११ मोग्लाह बस्ने वर्ष ५१का जोगिन्दर भनिने राजेश कुमार कहाँर,लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.९ पिपरा महजिदिया बस्ने वर्ष २९का गुड्डु भन्ने जहरुल कमर फकिर,गैडहवा गाउँपालिका वडा न.२ बस्ने वर्ष ४४ संजय चमार,उत्तरप्रदेश भारत बस्ने वर्ष ३०का सकिल खान,कपिलबस्तु नगरपालिका वडा न.५ बस्ने वर्ष २६का हिना धोवी रहेका छन् ।
दोस्रो घट्ना :
रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.६ बस्ने मतिलाल भट्टाराईलाई धारिलो हतियार देखाई सुनका गहना,नगद र मोबाईल चोरि गर्ने गिरोहलाई पक्राउ गरिएको छ । पसल बन्दी घर फर्किने क्रममा बाटोमै धारिलो हतियार देखाएर लुटेका हुन् । सो घटनामा संलग्न ३ जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बस्ने वर्ष ५२का रमजान खान,सोही ठाउँबस्ने वर्ष ४२का संजय पासी,गैडहवा गाउँपालिका वडा न.२ विचौवापुर बस्ने वर्ष ३७का दिपिन्द्र कुमार लोहार रहेका छन् ।
तेस्रो घट्ना :
१४ वर्षिय नाबालिका र उनको आमालाई जबरजस्ती करणी गरि सुनचाँदीका गहना लुटपाट गरि फरार रहेका गिरोहलाई पक्राउ गरि सार्वजनिक गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.२ बस्ने वर्ष १४की नाबालिका र उनको आमालाई हातहतियार देखाई जर्बजस्तीकरण्ी गरि सुनचाँदी गरगहना,मोबाईल लुटपाट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बस्ने वर्ष ५२का रमजान खान रहेका छन् ।
चौथो घट्ना :
एक महिलालाई जर्बरजस्ती करणी गरि नगद,सुनचाँदी गहना,मोबाईल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३९ कि महिलालाई पेस्तोल,खुकुरी देखाई जबरजस्ती करण्ी गरेको पाईएको हो । सो घटनामा पक्राउ पर्नेमा भारत बस्ने वर्ष ५२का रमजान खान,भारत बस्ने सकिल खान रहेका छन् ।
उल्लेखित घटनामा २ थान कटुवा पेस्तोल,गोली ५ थान,सुनचाँदीका गहना,मोबाईल २ थान,मोटरसाईकल २ थान,खुकुरी १ थान,डिजिटल तराजु १ थान,सुन गलाउन प्रयोग गरिने लाईटर १ थान र के.एफ नामक राउण्ड २ थान बरामद भएका छन् । यि घटनाहरु केही महिना अघि देखी घट्दै आएका थिए । प्रहरीको प्रशंसनीय कार्य भएको भन्दै नगरबासीले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्