मुख्य समाचार

सैनामैना जेसीजको आगामी नेतृत्व लिन भण्डारीद्धय मतदाताको दैलो धाउँदै

सैनामैना जेसीजको अधिवेशनका लागी मिति तोकिएको छ । वर्ष २०२६ का लागी सैनामैना जेसीजका अध्यक्ष गोविन्द खरेलको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट माघ ९ र १० गते अधिवेशन गर्ने गरि गृहकार्य भैरहेको सैनामैना जेसीज वर्ष २०२५का महासचिव गोपाल भण्डारीले खवर जलेश्वर डटकमलाई जानकारी दिए ।

सैनामैना जेसीजको अधिवेशनको मिति तोकिए संगै नेतृत्व लिन दौड्धुप सुरु भएको छ । वर्ष २०२६ का लागी नेतृत्व लिन दुई युवाहरु मैदानमा देखिएका छन् ।जेसीजको मापदण्ड अनुसार गोपाल भण्डारी र कृष्ण भण्डारी वर्ष २०२६का लागी अध्यक्ष पदका आकांक्षी हुन् । लामो समय देखि जेसीजका विभिन्न पदमा रहेर काम गरेका भण्डारीद्धय अन्तत् नेतृत्वमा आउँन कम्मर कसेर लागेका छन् । गोपाल भण्डारी सफल व्यापारी हुन् भने कृष्ण भण्डारी कुशल पत्रकार हुन् । अध्यक्ष पदका आकांक्षी भण्डारीद्धयले मतदाता समक्ष भेट्घाटलाई तिव्रता दिएका छन् ।सैनामैना जेसिजको अन्य पदका आंकाक्षीहरुले पनि भेटघाटलाई सक्रिय बनाएको विशेष स्रोतले जनाएको छ ।

जेसीज विधि पुर्वक अघि बढ्ने भएकाले आगामी नेतृत्व सर्वसम्मत चयन गर्न प्रयास रहने सैनामैना जेसीज वर्ष २०२५का अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।सहमति नजुटे चुनावी प्रक्रियाबाट भए पनि तोकिएकै मितिमा नयाँ समिति चयन गर्ने अध्यक्ष खरेलले उल्लेख गरे ।निर्वाचनका लागी सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयुक्त शिशिर ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित समाचार