सुरेश परियार,साउन १८ गते । जिल्ला समन्वय समिति रुपन्देहीको २६औँ घुम्ती बैठक गैडहवामा सम्पन्न भएको छ । बैठकमा ३ एजेण्डमा संघन रुपमा छलफल भएको स्रोतले जनाएको हो । जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईद्धारा प्रस्तुत बैठकमा पहिलो एजेण्डाको रुपमा किसान कार्ड छपाई,वितरण,दोस्रोमा कार्यालय परिसर सरसफाई,तेस्रो एजेण्डा विधार्थी दिवा खाजालाई व्यवस्थित बनाउने सन्र्दभमा बृहत छलफल गरि आवश्यक निर्देशन समेत दिईएको छ ।
रुपन्देहीका १५वटा पालिकाहरुले सो एजेण्डामा भएका प्रगति,समस्यामा आफनो मत राखेका हुन् भने गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले पालिकाले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।साथै,सोही अवसरमा मलखादको समस्या समाधानका लागी जोडदार माग गरिएको थियो भने किसानलाई बढि दुःख नदिन प्रशासन कार्यालयलाई ध्यानाकार्षण गराईएको हो ।
बैठकमा रुपन्देहीकाका पालिका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,शाखा प्रमुख,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्