रुपन्देहीको राममणि बहुमुखी क्याम्पसमा स्ववियु चुनाव गर्न निरन्तर छलफल भैरहेको छ । तालबन्दीका कारण चैत्र ५ गते सो क्याम्पसमा स्ववियु चुनाव स्थगित भएको थियो । युवा संघका केही युवाहरु आएर सो क्याम्पसमा ताला लगाएका थिए । केही दिन पश्चात सोही क्याम्पसका स्वतन्त्र विधार्थीहरुले लगाएको ताला खोलेका हुन् ।
स्ववियु चुनावको छलफल चलिरहँदा स्ववियु अध्यक्ष पदमा नेपाल विधार्थी संघ राममणि बहुमुखी क्याम्पसका ईकाई सभापति एरिक के.सीलाई ३ विधार्थी सङगठनले समर्थन जनाएका छन् । अनेरास्ववियु एक्लीदाँ यता नेविसंघ सहित अखिल समाजवादी,अखिल क्रान्तिकारि,मगर विधार्थी संघ विच मोर्चा तयार भएको छ । ३ विधार्थी सङगठनले नेवि संघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदावर दिएका एरिकलाई समर्थन गर्दा चुनाव जित्ने पक्कापक्की जस्तो देखिन्छ । चुनावको मिति भने अझै टुङ्गो नलागेको विधार्थीहरु बताउँन्छन् ।
प्रतिक्रिया दिनुहोस्