सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको नेतृत्वको टिमले पुर्वाधार विकास मात्र नभई खेल क्षेत्रको श्रवृद्धिका लागी चासो दिएको पाईन्छ । नगरपालिकाले उपयुक्त खेलमैदान र प्याराफिड बनाएकै कारण राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो ।
सुरेश परियार,फाल्गुन १७ गते । रुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ । मुर्गिया फुटबल क्लब सैनामैना नगरपालिका वडा न.४ रुपन्देहीको आयोजनामा सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो । सैनामैना वडा न.४ स्थित सैनामैना फुटबल रंगशालामा १९ फाल्गुन देखि २८ गते सम्म सो प्रतियोगिता सञ्चालन हुन लागेको मुर्गिया फुटबल क्लब अध्यक्ष प्रविण भारीले जानकारी दिए ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । जसमा एक भारतीय टिम र ९ नेपाली टिम रहने शनिबार पत्रकार सम्मेलन मार्फत खेल संयोजक अशोक खड्काले जानकारी दिए । खड्काका अनुसार मुर्गिया फुटबल क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ एफसी काठमाण्डौ,भारतीय सिक्किम,महाविर क्लब काठमाण्डौ,अभिषेक चर्च रजहर नवलपुर,हनामी बि.एफ.सी,चितवन,कपिलवस्तु ११,गोर्खा ब्वाईज रुपन्देही,फर्साटिकर युथ क्लब रुपन्देही विच प्रतिस्पर्धा हुनेछ ।प्रत्येक टिमले ५ जना सम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था कायम गरिएको छ । खेलाडीको स्वास्थ्य सुरक्षाका लागी १ लाख सम्मको स्वास्थ्य बिमा गरिने भएको छ ।उद्धघाटनमा मुर्गिया फुटबल आयोजक र गोर्खा ब्वाईज रुपन्देही विच हुने छ ।
खेलकुदको माध्यमबाट सैनामैनाको गरिमा अन्र्तराष्ट्रिय जगतमा जाने सैनामैना नगरपालिका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारीले बताएका छन् । युवाहरुले थालेको उदारणीय कार्यमा जनप्रतिनिधि सधै तत्पर भएको भन्दै प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयको तर्फबाट रु.२ लाख ५० हजार सहयोग भएको प्रतिबद्धता व्यक्त अधिकारीले गरे ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु.६५ लाख सम्म खर्च लाग्ने आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिए । प्रतियोगितामा प्रथम राशीको सौजन्य सुनगाभा पब्लिक माध्यामिक विधालयले गरेको छ भने सैनामैना नगरपालिका वडा न.४ वडा कार्यालय,सैनामैना नगरपालिकाले आवश्यक सहयोग गरेको हो ।टिकट र विभिन्न संघसंस्था,चन्ददाताहरुले प्रतियोगिताका लागी आर्थिक सहयोग गरेको खड्काले उल्लेख गरे ।प्रथम हुने टिमले रु.७ लाख राशी,शिल्ड र मेडल,द्धितिय हुने टिमले रु.४ लाख राशी,शिल्ड र मेडल,सेमिफाइनल र विधागत खेलाडीहरुलाई समेत नगद र पुरस्कारद्धारा सम्मान दिईने जनाईएको छ ।
प्रतियोगितामा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश शुल्क निशुल्क गरिएको छ भने विधार्थीहरुलाई ५० प्रतिशत छुट दिईएको सैनामैना गोल्डकप फुटबल प्रतियोगिताका टिकट संयोजक सुशिल पौडेलले जानकारी दिए । पौडेलका अनुसार अन्य खेलप्रेमीको हकमा भने प्रति.रु.१ सय देखि २ सय सम्म टिकट दर कायम भएको छ । टिकटबाट रु.२० लाख सम्म रकम उठाउने लक्ष्य राखेको बताईएको छ ।
सुविधा सम्पन्न रंगशाला र प्याराफिडबाट खेलप्रेमीहरुले खेल अवलोकन गर्न पाउँने अनुगमन समितिका संयोजक सुवास क्षेत्रीले जानकारी दिए । ३५ देखि ४० हजार सम्म खेलप्रेमीहरुले उपस्थिति रहने आंकलन गरिएको छ ।
खेल अवलोकनका लागी आउने सम्पुर्ण खेलप्रेमीहरुलाई समान व्यवहार र आतिथ्यता प्रकट गर्ने अतिथि सत्कारका संयोजक दिपेन्द्र सुवेदीले बताए । खेलको तयारी पुरा भएको उल्लेख गर्दै अवलोकनका लागी सवैलाई आग्रह समेत गरे । पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन पत्रकार कृष्ण भण्डारीले गरेका थिए ।
युवाहरुमा फुटबल प्रति क्रेज बढेको प्रतियोगिताका टिम संयोजक श्री दर्लामी मगरले बताएका छन् । ख्याती प्राप्त खेलाडीहरुको आगमनले खेलको रौनकता बढ्ने भन्दै खेल अवलोकनका लागी दर्लामीले आग्रह गरे ।
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको नेतृत्वको टिमले पुर्वाधार विकास मात्र नभई खेल क्षेत्रको श्रवृद्धिका लागी चासो दिएको पाईन्छ । नगरपालिकाले उपयुक्त खेलमैदान र प्याराफिड बनाएकै कारण राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्