मुख्य समाचार

वन संरक्षणमा लागौँ : मेयर शर्मा

सुरेश परियार,पुष २३ गते । हरियो वन नेपालको धनलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जोड् दिएका छन् ।श्री इंगुरिया सामुदायिक वन उपभोक्ता समुह सैनामैनाको ११ औँ साधारण सभा तथा ५ औँ अधिवेशनको अवसरमा बोल्दै मेयर शर्माले वनको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका हुन् ।वनको संरक्षण मात्र नभई वृक्षारोपण गरि हरावरा जंगल बनाउनुपर्नेमा एक्वबद्धता जनाए ।अध्यक्ष पुर्ण बहादुर वि.कको नेतृत्वमा वन तथा उपभोक्ताको हितमा कार्य सम्पादन भएको भन्दै प्रंशसा व्यक्त गर्दै नगरपालिका सामुदायिक वन संग साझेदारी गर्न तयार भएको कुरा मेयर शर्माले दर्साए ।

सो कार्यक्रममा सैनामैना नगरपालिकाका उपमेयर विना रानाले बोटविरुवाको हेरचाह र निगरानीकै लागी सामुदायिक वन उपभोक्ता समिति बनेकाले यसको संरक्षणमा नगरपालिका प्रतिबद्ध भएको बताईन् । जब सम्म वन जंगलको अस्तित्व हुन्छ,तव मानवीय जिवनको अस्तित्व रहने तर्क उपमेयरले गरिन् ।

कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण बिडारी,मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय सभापति गोविन्द खनाल,सैनामैन नगरपालिका वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,नेपाली कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनाल,नेकपा एमाले सैनामैनाका अध्यक्ष चेतनारायण न्यौपाने,नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महत लगायतको आतिथ्यता संगै कार्यक्रममा बोलेका थिए ।कार्यक्रमका विभिन्न क्षेत्रबाट वन उपभोक्ता समुहलाई सहयोग गर्नेहरुलाई दोसल्लाहा सहित मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा इंगुरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुर्ण बहादुर वि.कले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने युवराज विश्वकर्माको सञ्चालनमा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो भने अधिवेशन जारी छ ।

सम्बन्धित समाचार