नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत कुमार शाहले सांगठनिक गतिविधीलाई चलायमान बनाउनुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस रिब्दीकोट पाल्पाले आयोजना गरेको १०० दिने विशेष अभियानलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि समेत रहेका शाहले जनता केन्द्रीत भएर काम गर्न पार्टिका कार्यकर्तालाई निर्देशन दिएका छन् ।पार्टिका नियमित गतिविधीलाई क्रियाशिल बनाई कार्यकर्ताको मनोभावना अनुरुप काम गर्न समेत जिल्ला नेतृत्वलाई शाहले आग्रह गरेका छन् ।
कांग्रेस कमजोर भए प्रजातन्त्र पनि कमजोर हुने भन्दै संस्थागत विकासमा लाग्नुपर्नेमा जोड् दिए । आगामी चुनावमा एक नम्बर पार्टि बनाउने गरि कार्यसम्पादन गर्न आग्रह गरे ।सार्वजनिक लेखा समितिका पुर्वसभापति समेत रहेका शाहले सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने,स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्नुपर्ने गरि १०० दिने अभियान सुरु गरिएको बताए ।
नेपाली कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तहगत जिम्मेवारी अनुसार काम गर्न पार्टि नेतृत्वलाई निर्देशन दिएका छन् ।पार्टिका बैठकहरुलाई अघि बढाउने,कार्यकर्ताका कुराहरुलाई टिपोण गरि समाधानका लागी माथिल्लो तह समक्ष समन्वय गर्ने तर्फ ध्यान केन्द्रीत गरे ।सभापति श्रेष्ठले परम्परागत अनुसार पार्टि नचल्ने तर्क गर्दै वैज्ञानिक अनुसार सञ्चालन गर्नुपर्ने तर्क गर्दै कांग्रेसबाट निर्वार्चित जनप्रतिनिधी र पार्टि बिच सहकार्य र समन्वय हुन जरुरी रहेको कुरा दर्साए । जनताको सुखदुख संग जोड्न आग्रह गरे । जनमतको हिसाबले पाल्पामा कांग्रेस बलियो रहेको दाबी समेत सभापति श्रेष्ठले गरे ।
१० वटा पािलका मध्ये पाल्पामा हाल सम्म ६ वटा पालिकामा १०० दिने विशेष अभियान सम्पन्न भैसकेको कांग्रेसका युवाद्धय नेता माधव थापा र किशोर पंगेनीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्