सुरेश परियार,मंसिर १३ गते ।रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले सम्मेलन सुरु गरेको छ ।माओवादी केन्द्रले सैनामैनाको वडा न.४मा वडा सम्मेलन आज सम्पन्न गरेको छ ।सम्मेलनबाट वडा न.४मा नयाँ नेतृत्व आएको छ ।नवसमितिको अध्यक्षमा ईश्वरी पन्थी,उपाध्यक्षमा बालकृष्ण शर्मा,सचिबमा रामदेव चौधरी,कोषाध्यक्षमा निर्मला बगाले,सहसचिब सागर विश्वकर्मा र सदस्यहरुमा खेम कुमारी सुनार,तुल्सी लामिछाने,राम प्रसाद चौधरी,पटिया कठरिया थारु,विष्णु सार्की,कृष्ण गौतम,वविता कुमारी थारु,सचिना थारु,सिला मल्लाहा,पहुनी थारु,माया मल्लाहा सर्वसम्मत चयन भएको वडा कमिटिका ईञ्चार्ज गोविन्द्र खरेलले जानकारी दिए ।साथै,सल्लाहाकारमा हेमन्त भट्टाराई,तारा बहादुर सुनार,कुमार नेपाली लगायत रहेका छन् ।
सैनामैना वडा न.४मा रहेको १२ विगाहमा भएको सो कार्यक्रममा वडा कमिटि अध्यक्ष हेमन्त भट्टाराईको अध्यक्षता,नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जि.सीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र सैनामैना नगरअध्यक्ष नारायण महत,युवा नेता रोमनाथ न्यौपाने,भोला बस्याल,निर्वाचन समितिका संयोजक तेजनारायण सुवेदी,युवा नेता खिमानन्द खरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा कमिटिका ईञ्चार्ज गोविन्द्र खरेलको स्वागत तथा सचिब ईश्वरी पन्थीको रहेको थियो । सैनामैना नगरपालिका वडा न.१मा समेत वडा सम्मेलन सम्पन्न भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्