मुख्य समाचार

नदिजन्य पदार्थको दोहन र अवैध क्रसरलाई कार्बाहीमा ल्याउँछौँ : रुपन्देही प्रजिअ घिमिरे

सुरेश परियार,मंसिर १० गते ।रुपन्देहीमा बढ्दो चोरी निकासीका गतिविधिलाई नियन्त्रणमा लिई कार्वाहीको दायरामा ल्याउन सुष्म तरिकाले गृहकार्य थालेको रुपन्देही जिल्लाका नवप्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन् ।सार्वजनिक सम्पतिको संरक्षण गर्नु सबैको दायित्व भएको औँल्याउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले प्राकृतिक स्रोत साधन अर्थात नदिजन्य पदार्थको चोरी निकासी भैरहेको जानकारी प्राप्त भएको र सो गतिविधिलाई तत्काल नियन्त्रणमा लिन मातहात कार्यालयलाई निर्देशन समेत दिएका छन् ।

जिल्ला समन्वय समिति रुपन्देहीको आजको घुम्ती बैठकलाई सम्बोधन गर्दै घिमिरेले जिल्ला भित्र मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उधोगलाई तत्काल नियन्त्रणमा लिई कानुनी उपचार गर्ने चेतावनी समेत दिए ।रुपन्देहीका प्रत्येक पालिका संग प्रशासन साझेदारीको रुपमा अघि बढ्ने तर्क दिदँै शान्तिसुरक्षाको प्रत्याभुति हुने गरि जिल्ला प्रशासन र मातहात सुरक्षा निकायबाट भुमिका रहने प्रतिबद्धता सिडियो घिमिरेले व्यक्त गरे ।

साथै,तिनाउ नदिको करिडोर र दानव नदिको करिडोर आयोजना ठेक्का लगाई काम गर्न सके रुपन्देही जिल्लामा सार्वजनिक यातायातको क्षेत्रमा कायपलट हुने विश्वास व्यक्त गर्दै ति आयोजना संग सम्बन्धी पालिकाहरुले समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
अपर्याप्त मलखादले रुपन्देहीका किसान मारमा परेको र आवश्यकता पुरा गर्न नसकिएको दुखेसो पोख्दै मलखाद वितरक संग पनि सहजीकरणका लागी भुमिका खेल्ने प्रजिअ घिमिरेको उद्घोष रहेको छ ।

लुम्बिनीमा रहेका छाडा चौपायालाई व्यवस्थापन गर्नका लागी सम्बन्धी पालिकाले बढि चासो दिई व्यवस्थापनका लागी छिट्टै गृहकार्य गर्न जरुरी भएको समेत बताए ।बजारमा अझैपनि उपभोक्ता शोषित भएको तर्क गर्दै अनुगमनलाई सम्बन्धी पालिकालाई ध्यानाकार्षण गराउँदै जिल्ला प्रशासन पनि हातेमालो गर्न तयार रहेको उल्लेख गरे ।

घुम्ती बैठककामा केही पालिकाहरुले आर्थिक वर्ष २०८१÷०८२को चौमासिक रुपमा गरेका असल प्रयासहरुलाई प्रस्तुत गरेका छन् ।बुटवल उपमहानगरपालिका,तिलोत्तममा नगरपालिका,सैनामैना नगरपालिका,कञ्चन गाउँपालिका,सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले प्रगति प्रतिवदेन पेश गर्दै समन्वय र सहकार्यको माध्यमबाट मात्र नमुना पालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छन् । तिलोत्तममा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षता,जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईको विशेष आतिथ्यता तथा १६ वटा पालिकाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,प्रहरी अधिकृत र पत्रकारहरुको उपस्थितमा कार्यक्रम भएको हो ।

 

सम्बन्धित समाचार