मुख्य समाचार

दलितको हातबाट अधिकारकर्मी खनालले लगाए टिका,आर्शिवाद दिँदै सुनार हौँसिए

आफुलाई जन्मदिने बुबा आमाको हातबाट टिका लगाएर खनाल सिधै लामो समय देखि आरन व्यवसाय गर्दैै आएका लाल बहादुर सुनारको घरमा दिउँसो १ः३० बजे टिका थाप्न पुगेका थिए ।

सुरेश परियार,असोज २६ गते । नेपालीहरुको महानपर्व वडादशैँको अवसरमा मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने चलन छ । प्राय ःआफुलाई जन्मदिने बुबा आमा,राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री लगायत उच्च ओहोदामा रहेका व्यक्तिहरुबाट टिका र जमरा लगाई आर्शिवाद लिने परम्परा कायम नै छ । तर,रुपन्देहीको सैनामैनामा दलितको हातबाट एक गैरदलितले निधारमा टिका र जमरा लगाएका छन् ।

मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय सभापति गोविन्द खनालले सैनामैना नगरपालिका वडा न.८ बस्ने वर्ष ६३का लाल बहादुर सुनार र वर्ष ६२की मायादेवी सुनारको हातबाट टिका र जमरा लगाई आर्शिवाद लिएका हुन् । आफुलाई जन्मदिने बुबा आमाको हातबाट टिका लगाएर खनाल सिधै लामो समय देखि आरन व्यवसाय गर्दैै आएका लाल बहादुर सुनारको घरमा दिउँसो १ः३० बजे टिका थाप्न पुगेका थिए ।

जातीय छुवाछुत मानव सभ्यताको कंलक भएको र अझै विद्यमान रहेको हुँदा यसको अन्त्यको लागी सन्देश दिन आफुले टिका लगाएको बताए।समाजिक रुपमा जोकोही वर्गलाई पनि जातिय रुपमा विभेद गर्न नपाईने र कानुनीले पनि दण्डित गरेको बताउँदै खनालले समतामुलक समाज निर्माणमा लाग्नुपर्ने बताए ।

विगत देखि नै दलित समुदायमा परेका हर समस्यामा आफुहरु अग्रभागमा रहेर मलम लगाउने प्रयास गर्दै आएको उल्लेख खनालले गरे । जातीय भेदभाव तथा छुवाछुत वर्तमान समाजको क्यान्सर भएको जिकिर गर्दै ऐन,कानुन निर्माण भएता पनि प्रभावकारी कार्यान्वयन नहुँदा विभेदको शिकार दलित समुदाय परेको ठोकुवा समेत गरे । काननुी तरिकारले विभेद अपराध हो भने व्यवहारिक रुपमा अपमान भएको हुँदा यो प्रथाको अन्त्यका लागी एकाकार भएर अघि बढ्नुपर्ने र सकारात्मक सोँचको विकास हुनुपर्नेमा जोड् दिए ।

टिका,जमरा र आर्शिवाद दिए पश्चात लाल बहादुर सुनार खुशीको आँशु खसालेका थिए । सुनारले भने समाजमा जबदेखि दलित समुदायले विभेद खेप्दै आउनुपर्यो तब देखि हाल सम्म कोही पनि गैरदलितले दलितको घरमा आएर यसरी टिका,जमरा र आर्शिवाद लिएको थिएन तर आज यो अवस्था आउँला भन्ने कल्पना समेत गरेको थिएन् ।

आज बल्ल दलित र गैरदलित विच समान किसिमको व्यवहार भएको तर्क दिँदै अब हर ठाउँमा यो प्रकारको जागरण लिई समाजमा बस्ने वर्ग विच एकता ल्याउन जरुरी भएको विश्वास दिलाए ।मैले साँेचेको थिएन् एक्कासी आउनुभयो,टिका,जमरा लगाउन आग्रह गर्नुभयो,मैले लगाईदिए । साँच्चै नै अब देशमा जातीय छुवाछुत अन्त्य र समान किसिमको अधिकार प्राप्तका लागी गैरदलितले पनि हातेमालो गर्नुपर्नेमा जोड् सुनारले गरे । सिंगो दलित समुदायको आत्मसम्मान र गौरव बढेको अनुभुति सुनारले सुनाए ।

 

सम्बन्धित समाचार