मुख्य समाचार

रन्यौरा प्रहरीको तदारुकता : ६२ लाख भन्दा बढिको अवैध सामान बरामद

सुरेश परियार,असोज २२ गते ।रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५बाट ठुलो परिमाणमा अवैध सामान बरामद भएको छ । आईतबार प्रहरी चौकी बेलभरिया सहित ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख तथा प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको लत्ता–कपडा सहित ट्रक बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद भएको अवैध–लत्ता कपडाको मुल्य रु.५० लाख ४२ हजार ४ सय ५० र सामान ओसारपोसारमा प्रयोग भएको लु १ ख ८३४० नम्बरको ट्रकको मुल्य रु.१२ लाख पर्न जाने अनुमान गरिएको छ । रु.६२ लाख ४२ हजार ४ सय ५० बराबरको अवैध सामानलाई कार्वाहीका लागी भन्सार कार्यालय भैरहवा पठाईएको हो ।

रुपन्देही प्रहरीले जनतामैत्री भएर काम गरेको प्रहरी उपरिक्षक रंजित सिंह राठौरले उल्लेख गरेका छन् । चार्डपर्व लक्षित सुरक्षा योजना समेत सार्वजनिक गर्दै कुनै अवाञ्छित गतिविधि हुन नदिन प्रत्येक युनिटलाई निर्देशन दिईसकेको र प्रहरीले जनताको सुरक्षामा कुनै कसुर बाँकी नराखी कार्य सम्पादन गर्दै जाने आश्वासन दिए ।

ईलाका प्रहरी कार्यालय रन्यौराको कार्यालय प्रमुखको रुपमा आएका विष्टले जनतालाई महसुश हुने गरि शान्ति,सुरक्षा र अमयनचयन कायम राख्दै कानुन विपरित हुने गतिविधिलाई नियन्त्रण र कार्बाहीका लागी कटिबद्ध रहने बताउदै आएका छन् ।

 

सम्बन्धित समाचार