मुख्य समाचार

कांग्रेस रुपन्देही क्षेत्र न.५द्धारा बाढी पिडितलाई रु.१ लाख सहयोग

नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.५ले बाढी पहिरो पिडितलाई राहत स्वरुप आर्थिक संकलन गरेको छ । क्षेत्रीय समितिको आयोजनमा शनिबार(आज)बाढी पहिरो पिडित सहयोगार्थ तथा कार्यकर्ता भेटघाट कार्यक्रममा रु.१ लाख नगद संकलन भएको क्षेत्रीय समितिका सभापति वसिउल्लाहा मुसलमानले जानकारी दिए ।सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कांग्रेस केन्द्रीय समितिका सदस्य भरत कुमार शाहले विपद् उद्धारमा सबै लाग्नुपर्ने बताएका छन् । विपद् जोखिम न्युनिकरण र व्यवस्थापनमा कांग्रेस जिम्मेवार भएको हुँदा यो अभियानमा तिनै तहका सरकार संवेदनशिल बन्नुपर्नेमा शाहले जोड दिए ।

कांग्रेसले बाढी पहिरो पिडित कोष खडा गरि देशव्यापी रुपमा राहत संकलन गरिरहेको बताउँदै क्षेत्रीय भेटघाटबाट आर्थिक संकलन भएको प्रति खुशी व्यक्त गरे ।सार्वजनिक लेखा समितिका पुर्वसभापति समेत रहेका शाहले संकलित रकम कांग्रेसको केन्द्रीय समितिको बाढि पहिरो कोषमा पठाई केन्द्रीय समितिबाट नेपाल सरकारको कोषमा पठाईने उल्लेख गरे । राहतले बाढि पहिरो पिडितलाई मलम लगाउन सकिने शाहले बताए ।

गैडहवा गाउँपालिका वडा न.४ स्थित गैडाताल सहिद पार्कमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मा,लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल,नेपाल कांग्रेस लुम्बिनी प्रदेशका सदस्य चित्र बहादुर के.सी,जिल्ला सदस्यहरु,कागं्रेसका युवा नेता गोविन्द खनाल,नगर तथा पालिकाका पदाधिकारी,क्षेत्रीय प्रतिनिधि,तरुण साथै शुभेच्छुक संघसंस्थाका प्रमुख,कार्यकर्ता गरि १ हजार भन्दा बढि कार्यकर्ताको सहभागिता रहेको थियो भने कार्यक्रम क्षेत्रीय सचिब कृष्ण शर्माले गरेका थिए ।

 

सम्बन्धित समाचार