मुख्य समाचार

रुपन्देहीको गुरौलीबाट अनुमतिबिनै नदीजन्य पदार्थ उत्खनन्

रुपन्देहीको एक नदिबाट अनुमति बिना नदिजन्य पदार्थको उत्खनन् भएको छ । शुद्धोधन गाउँपालिका वडा न.६स्थित दानव नदिमा पर्ने गुरौली घाटबाट अनुमतिबिना नदिजन्य पदार्थको उत्खनन् भएको पाईएको हो ।गुरौली घाटमा पर्ने एक स्थानमा गाउँपालिकाले श्री पि एण्ड सप्लायर्सलाई जेष्ठ २५ देखि जेष्ठ ३० गते सम्म नदिजन्य पदार्थको उत्खनन्का लागी अनुमति दिएको थियो ।तर,सो सप्लायर्सले गाउँपालिकाले रेखांकन नगरेको(अनुमति नदिएको) स्थानबाट नदिजन्य पदार्थको उत्खनन् गरेको गाउँपालिकाका प्राविधिक शाखाका ईन्जिनियर गौरव लामिछानेले जानकारी दिए ।

ईन्जिनियर लामिछानेका अनुसार अनुमति बिना गरिएको उत्खनन् कार्य गलत भएको बताउँदै पानीको बहाव भन्दा बाहिर जान नपाउने कानुनी व्यवस्था भएता पनि बाहिर देखिएको उल्लेख गरे ।अनुमति बिना उत्खनन् गरिएको स्थानमा करिब २.५ फिट गहिरो पारिएको ईन्जिनियर लामिछानेले आंकलन गरेका छन् ।

रेखांकन नगरेको(अनुमति नदिएको)स्थानबाट उत्खनन् गर्न नपाउने जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले बताएका छन् । यदि अनुमति बिना सो कार्य भए सोही स्थानको गहिराई नापेर उत्खनन् गरेको मात्राको आधारमा दोब्बर जरिवाना गरिने अध्यक्ष चापागाईको उद्घोष छ ।आफुहरु भोली नै जिल्ला समन्वय र गाउँपालिकाका ईन्जिनियरहरुलाई लिएर जाने र सो स्थानमा नापजाँच गरि आवश्यक कार्वाहि अघि बढाउने चेतावनी दिइएका छन् ।

२००÷६० फिट रेखांकन बिनाको स्थानबाट नदिजन्य पदार्थ निकालिएको शुद्धोधन गाउँपालिका वडा न.६का वडाअध्यक्ष उपेन्द्र सहानीले जानकारी दिए ।मनोमानी रुपमा उत्खनन् गरेको बताउदै मापदण्ड अनुसार चाहिने नदिजन्य पदार्थ निकालिसकेको अध्यक्ष सहानीको भनाई छ।

अनुमति नदिएको स्थानबाट नदिजन्य पदार्थ उत्खनन् भएको स्थानीय दयशंकर लोध र प्रदिप लोधले उल्लेख गरेका छन् ।मापदण्ड विपरित ३०० टिप्पर(हाईवा) भन्द बढि उत्खनन् भएको आरोप लगाउदै सो कार्यलाई तत्काल रोकि आवश्यक कावार्हि अघि बढाउन सम्बन्धीत निकायलाई ध्यानकार्षण गराएका थिए ।३ सय टिप्परको बजार मुल्य भने रु.३० लाख भन्दा बढि पर्ने जाने अनुमान गर्न सकिन्छ ।

पालिकाले अनुगमलाई चुस्त पारेता पनि छल्ने प्रयास भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले बताएका छन् ।सो कार्यबारे तत्काल आवश्यक अनुसन्धान गरि अघि बढाइने बताउदै कुनै पनि बहानामा अनुमति बिना नदिजन्य पदार्थको उत्खनन् गर्न नपाईने अध्यक्ष बस्यालको अडान छ ।नाप नंक्सांकन एवं अनुगमनका लागी प्रमुख सहायक जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनेको थियो ।जेष्ठ २७ गते सो समितिको पालिकालाई अनुगमन गर्ने गरि हटाईएको छ ।

नोट ः सम्बन्धीत व्यक्तिहरुले बोलेको रेकर्ड फाईल सुरक्षित रहेको छ ।

सम्बन्धित समाचार