सुरेश परियार,माघ ३ गते,
नेपाल सरकार र एसियाली विकास बैँक(एडिबी)बिच पुर्वाधार निर्माण तथा विस्तारका लागी रु.६ अर्ब बराबरको सहुलियतपुर्ण ऋणमा सम्झौता भएको छ ।एसियाली बिकास बैंकद्वारा ७५३ वटा पालिका मध्ये पोखरा महानगरपालिका,जनकपुर उपमहानगरपालिका,रुपन्देहीका सैनामैना नगरपालिका,लुम्बिनी साँस्कृतिक नगरपालिका,तिलोत्तमा नगरपालिका,देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पुर्वाधार विकास र विस्तारका लागी अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको हो ।
अर्थ मन्त्रालय तथा शहरी बिकास मन्त्रालय सिंहदरबार काठमाडौमा आज औपचारिक रुपमा १ महानगरपालिका,१ उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबी संग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाईएको छ ।यो संगै विभिन्न पुर्वाधार निर्माणका काम सुरु हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्