सुरेश परियार,मंसिर १० गते,उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएका छन् ।रुपन्देहीको रोहिणी गाउँपालिका वडा न.२ स्थित श्री पोखरभिण्डी माध्यामिक विधालयको नेपाल सहयोगमा बनेको दुई तल्ले १२ कोठे नवनिर्मित भवनको आईतबार उद्धघाटन गर्दै उपराष्ट्रपति यादवले नेपाल र भारत बिचको रोटिबेटीको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत भारत सरकारको लगानीमा धेरै पुर्वाधार निर्माण भएको भन्दै यस विषयमा भारतले सकारात्मक चासो देखाउनुअसल पक्ष भएको कुरा औँल्याए ।उपराष्ट्रपति यादवले नेपाल भारत बिच भाषाभाषी,सस्कृति,रितिरिवाजमा समेत समानता भएको बताएका छन् ।
शिक्षाको ज्योती फैलाउन रोहिणीमा स्कुल भवनको निर्माण हुन राम्रो पक्ष भएको भन्दै शिक्षाको माध्यमबाट व्यक्तित्व संगै समाज परिर्वतन गर्न सकिने कुरा उल्लेख गरे ।रोहिणीमा दलित तथा पछि परेका समुदायहरु बसोबास गर्ने हुँदा शिक्षाको पहँुच संगै सुर्लभ र गुणस्तर शिक्षा प्रदान गर्न सकिए कोशे ढुंगाा साबित हुने विश्वास समेत उपराष्ट्रपति यादवले लिए ।
कार्यक्रममा नेपालका लागी भारतीय कार्यवहाक राजदुत प्रसन्न श्रीवास्तवले नेपाल भारत बिच मैत्रीपुर्ण सम्बन्ध रहेको बताएका छन् ।भारत सरकारको सहयोगमा बनेको नवनिर्मित भवनबाट गुणस्तरीय शिक्षा प्रदान हुने अपेक्षा समेत कार्यवहाक राजदुत श्रीवास्तव लिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले विकासको मेरुदण्ड शिक्षा क्षेत्र भएको बताएका छन् ।शिक्षामा गरिएको लगानी कहिले पनि खेरा नजाने तर्क गर्दै शिक्षाको पहँुच सबै सम्म पुर्योउने दायित्व सरकार भएको दाबि गरे ।रोहिणीमा उच्च शिक्षाका लागी क्याम्पस स्थापना गर्न लागी आफनो पहल रहदै आएकोले यो अभियानमा जुट्न सबैलाई आग्रह विश्वकर्माले गरे ।मानवीय तथा भौतिक विकासमा आफुहरु सधैब कटिबद्ध हुने विश्वास प्रकट गरे ।
यस्तै,कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षामा भारतले गरेको सहयोगलाई मुक्तकठ्ठले प्रशंसा गरेका छन् ।तिनै तहको सरकारबाट शिक्षा क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको बताए । संघिय सरकारले अधिकार पुर्णरुपमा नदिदा कार्ययोजना बनाउन प्रदेश सरकारलाई धौ भएको भन्दै यसो नगर्न निवेदन गरेका छन् ।प्रदेश सरकारले स्वरोजगार कार्यक्रमका लागी ४ अर्ब बजेट समेत विनियोजन गरेको उल्लेख गरे ।संघियताको कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता रहेको मन्त्री गुप्ताले बताए ।
शैक्षिक उन्नयनका लागी रोहिणी गाउँपालिका प्रतिबद्ध भएको रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव बताएका छन् ।गरिब बालबालिका सम्म शिक्षाको ज्योति फैलाउने मुख्य ध्येका साथ पालिका लागी रहेको भन्दै भौतिक संगै मानवीय विकासमा पालिका लाग्ने कुरा दर्साए ।उच्च शिक्षा पढ्नका लागी रोहिणीका विधार्थीहरु बाहिर जानुपर्ने बाध्यता रहेकाले अब क्याम्पस निर्माणका लागी प्रदेश र संघिय सरकारले पनि चासो दिनुपर्ने माग राखेका छन् ।कार्यक्रममा युवा समाजसेवी प्रज्वल बोहोरा बोलेका थिए भने कार्यक्रमको सञ्चालन सञ्जु पौडेलले गरेका थिईन् ।
प्रतिक्रिया दिनुहोस्