Uncategorizedमुख्य समाचार

स्वास्थ्य मन्त्री खनालद्वारा सैनामैनाका दुई अस्पतालको निरिक्षण,बजेटमा कन्जुस्याइँ नगर्ने

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले सैनामैनाका दुई अस्पतालको निरिक्षण गरेका छ्न ।सैनामैना वडा न.४ स्थित निर्माणधिन अवस्थामा रहेको १५ शैयाको आधारभुत अस्पताल र सैनामैना वडा न.१मा सन्चालनमा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको मन्त्री खनालले निरिक्षण गरेका हुन्।

सो क्रममा बोल्दै मन्त्री खनालले स्वास्थ्य क्षेत्रकाे श्रीवृदिका लागि प्रदेश सरकार लागि परेको बताएका छ्न ।आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढाउन प्रतिबद्ध भएको भन्दै मन्त्री खनालले अस्पतालको बिकास,विस्तार र आवश्यक जनशक्ति व्यवस्थापन तर्फ केन्द्रित भएको कुरा उल्लेख गरे ।स्वास्थ्यलाई मौलिक हकको रुपमा लिएको बताए ।

सैनामैनामा अन्तिम चरणमा रहेको आधारभुत तहको अस्पतालमा प्रदेश सरकारको सहयोग रहदै आएको बताउदै थप व्यवस्थापन गर्न बजेटको प्रबन्ध गरिने जानकारी दिए ।

यस्तै,पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको थप स्तरियताका लागि पनि चासो दिने मन्त्री खनालले बताए ।
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले सैनामैनामा आधारभुत तहको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छ्न ।

आमनागरिकलाई आधारभुत तहको स्वास्थ्य उपचार सेवाको प्रत्याभुति दिलाउनका लागी सैनामैना वडा न.४मा करिब १६ करोडको लगानीमा १५ शैयाको अस्पताल निर्माण भएको सैनामैना नगरपालिकाका मेयर शर्माले जानकारी दिए । शिघ्र सञ्चालनमा ल्याएर जनतालाई सेवा दिन आत्तुर रहेको मेयर शर्माले उल्लेख गरे ।

निरीक्षणमा सैनामैना नगर उपप्रमुख विना राना मगर,सैनामैना न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,१का वडाअध्यक्ष भुवन क्षेत्री,नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सदस्य चित्र केसी,नेपाली काङ्ग्रेसका नगरसभापति रण बहादुर खनाल लगायत स्थानियको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार