सुरेश परियार,साउन २५ गते ।रुपन्देहीको सैनामैनामा कोरा साईक्लिङ हुने भएको छ ।साईकल साथी सैनामैनाको आयोजनामा यहि साउन २७ गते तेस्रो संस्करणको रुपमा सैनामैनामा कोरा हुन लागेको हो ।आज पत्रकार सम्मेलनको आयोजना गर्दै पर्यावरणलाई स्वच्छ राख्न र आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सैनामैनामा कोरा गर्न लागिएको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले जानकारी दिएका छ्न ।
स्वास्थ्यका लागि मात्र नभई पेट्रोलयम पदार्थ खपतलाई कम गर्न पनि कोराको आबस्यक रहेको अध्यक्ष रानाको भनाई छ ।काठमान्डौ, पोखरा, हेटौडा, दाङ, नारायणघाट, सुनवल, कपिलवस्तु, भैरहवा, बुटवल गरि ३०० जना भन्दा बढी साईकलयात्रीले करिब ५४ कि.मि चक्रपथ परिक्रमा गर्ने कार्यक्रम संयोजक गोबिन्द ज्ञवालिले उल्लेख गरे ।
सो अबसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले मानव जिवनलाई स्वास्थकर बनाउन कोरा अपरिहार्य रहेको बताएका छ्न ।साईकलकै माध्यमबाट आत्मीयता तथा सामीप्यता बढने बताउदै सैनामैनाको धार्मिक,पर्यटकीय,सामाजिक तथा पुर्वाधार विकास समेत प्रर्वधन गर्ने उद्ेश्यले यात्रा गर्न आग्रह मेयर शर्माले गरे । साईकल यात्रा एक साहसिक यात्रा एवं साहसिक खेल भएको भन्दै कोराको अभियानमा नगरपालिका एकबद्धता रहेको कुरा उल्लेख गरे ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारी,वडा न.५का वडाअध्यक्ष धन प्रसाद पौडेल,वडा न.८का वडाअध्यक्ष बुद्धिराम चौधरी,वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
सोहि अबसर पारेर जर्सी सार्बजनिक समेत गरिएको छ ।बामरी पार्टी प्यालेसमा भएको सम्मेलनमा साइकल साथीका सचिब बिस्नु गौतमको सन्चालन रहेको थियो ।कोरा बिहान ७ बजे मुर्गिया चोक बाट सुरु हुने जनाईएको छ ।कार्यक्रममा स्वदेश तथा अन्र्तराष्ट्रिय स्तरका साईकिलिष्टहरुको उपस्थिति रहने जनाईएको छ ।विश्व यात्री अजित बरालको पनि उपस्थिति रहने छ ।
प्रतिक्रिया दिनुहोस्