मुख्य समाचार

विधार्थीको हितमा अग्रसर हुँदै ने.वि.संघ राममणि

सुरेश परियार,साउन २२ गते । नेपाल विधार्थी संघ राममणि क्याम्पस इकाई समितिले विधार्थीहरुको हकहितको पक्षमा काम गर्दै अघि बढेको पाईएको छ ।ने.वि संघ इकाई समितिको सभापतिमा जब एरिक के.सीको नेतृत्व भयोे त्यसएता विधार्थीहरुको शैक्षिक सुधार र विधार्थीहरुको आवश्यकता र चाहाना अनुसारको सुविधा प्रत्याभुत गराउन नेतृत्वदायी भुमिका निर्वाह गरेको अथाह पाईएको छ ।

केही समय अघि क्याम्पस प्रशासनलाई विधार्थीहरुको विविध माग राख्दै सम्बोधन गराउनका लागी ने.वि संघ इकाई समितिका सभापति एरिक के.सीको टिमले १४ बुद्धे माग राख्दै पत्र प्रदान गरेको थियो । ति १४ बुद्धे माग अन्र्तगत हाल सम्म २ वटा माग सम्बोधन भईसकेको ने.वि संघले जनाएको छ ।सम्बोधन भएका २ माग अन्र्तगत विधार्थीहरुलाई स्वच्छ पिउने पानीका लागी स्तरिय पानी राख्ने टं्याकी र क्याम्पसले प्रति विधार्थी २ वटा मात्र किताब दिने व्यवस्थालाई एक वटा थप गरि ३ वटा सम्म किताब दिने प्रबन्ध गरिएको सभापति एरिक केसीले जानकारी दिए ।

ने.वि संघ इकाई समिति राममणिले विधार्थीहरुको पक्षमा सधैव वकालत गरिरहने बताउदै शैक्षिक सुधार,स्तरीय शिक्षा प्राप्ती र अतिरिक्त क्रियाकलापमा समेत अग्रसर गराई विधार्थीहरुको मासिक रुपमा लिने शुल्कलाई समेत कम गराउने उदेश्य रहेको सभापति एरिक के.सीले उल्लेख गरे ।बाँकी १२ बुद्धे मागलाई पनि सम्बोधन गराउनका लागी क्याम्पस प्रशासनलाई ध्यानाकार्षण गराएका छन् ।

मागहरु सम्बोधन हुँदै गएसंगै राममणि क्याम्पसका विधार्थीहरुले ने.वि संघलाई धन्यवाद ज्ञापन गरेका छन् भने ने.वि संघ प्रति विधार्थीहरु आर्कषित हुँदै गएका छन् ।विधार्थीहरुको लागी पनि विविध कार्यक्रम गर्ने नेवि संघ राममणिका सचिब राज रास्केले जानकारी दिए ।

 

सम्बन्धित समाचार