मुख्य समाचार

लु.साँ.वडा न.५का महिला तथा किशोरीलाई सिपमुलक तालिम

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.५का महिला तथा किशोरीलाई दुई महिने सिलाई कटाई तालिम दिईएको छ ।सो तालिमको आईतबार समापन भएको छ ।३० जना प्रशिक्षार्थी रहेको सोही तालिम ढोडवा आधारभुत विधालयको कक्षाहलमा भएको हो ।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले सिपमुलक तालिमले जिविकापार्जनमा सहज आउँने बताएकी छन् ।आधारभुत तालिम प्रदान गरिएको र आगामी दिनमा समेत एडभान्स तालिमको प्रबन्ध गरिने उल्लेख गरिन् ।महिला तथा किशोरीको क्षेत्रमा आफुले निर्णायक भुमिका खेल्दै आएको बताईन् ।

यस्तै,कार्यक्रममा सामाजिक विकास शाखाका प्रमुख शेषराम यादवले सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गरेका छन् ।कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.५का वडाअध्यक्ष खुर्शेद आलमले २ महिने सिलाई कटाई उत्साहितपुर्वक सिकेको अनुभुत गरेका छन् ।महिला तथा किशोरीलाई आत्मनिर्भर बनाउन यो तालिम प्रदान गरिएको बताउँदै आगामी दिनमा यस प्रकारको तालिमले निरन्तरता पाउने विश्वास वडाअध्यक्ष आलमले विश्वास व्यक्त गरे ।

कार्यक्रममा योजना तथा जिन्सी शाखा प्रमुख नारायण आचार्य,प्रेस संयोजक सुरेश परियार,विधालयका प्राधानाध्यापक बजहुल कमर खाँ,वडा सदस्य ईसरावती पासी लगायतको आतिथ्यता रहेको थियो ।सो तालिमको फुल कुमारीले प्रशिक्षकको भुमिका खेलेकी थिईन् ।

सम्बन्धित समाचार