मुख्य समाचार

श्री खुर्साने आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना, बिद्यार्थीलाई बिद्यालयमा टिकाइ राख्न अक्षयकोषले सहयोग गर्ने

पाल्पा, २८ जेठ । पाल्पाको रैनादेबी छहरा गाउँपालीकाको वडा नम्बर ८ मा अवस्थीत श्री खुर्साने आधारभूत बिद्यालयमा गरिब तथा बिपन्न बिद्यार्थीका लागि आर्थिक सहायता प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना भएको छ । रुपन्देहीको सैनामैना ७ देउवापार निवासी समाजसेवी फान बहादुर पाण्डे र उहाँको स्वर्र्गीय धर्मपत्नी छबि कुमारी पाण्डेको स्मृतीमा ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

फान बहादुरको नाति बिष्णु पाण्डे र कमल बहादुर पाण्डेले बिद्यालयमा पुगेर अक्षयकोशको रकम बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष यम बहादुर गाहा तथा प्रध्यानाध्यापक प्रेम बहादुर घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।आर्थिक अभाबमा रहेका बिपन्न तथा गरिब परिवारका बालबालिकालाई बिद्यालय ल्याएर मात्र हँुदैन उनिहरुलाई बिद्यालयमा टिकाइराख्न हामी सबैले सहयोग गर्नुपर्छ बृद्ध अवस्थामा पुग्नुभएका फान बहादुर पाण्डेले भन्नुभयो हाम्रै गाउँ ठाउँका बालबालिकाको राम्रो भबिष्य निर्माण गर्न समाजका सबैले अभिभावकको भुमिका निर्वाह गुर्नुपर्छ भन्ने सोचले मैले अक्षयकोश स्थापना गरेको हुँ ।

अक्षयकोष दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै बिद्यालयको तर्फबाट प्रध्यानाध्यापक प्रेम बहादुर घिमिरेले गरिब तथा बिपन्न जेहनदार बिद्यार्थीलाई शैक्षिक सामग्री सहायता गरी शैक्षिक गुणस्तर बढाउन अक्षयकोषले सहयोग हुने बताउनु भयो । यस बिद्यालयमा यस अघि मेघ बहादुर घिमिरे अक्षयकोश स्थापना भएको छ ।

सम्बन्धित समाचार