धरान उपमहानगरपालिकाका स्वास्थ्य स्वंसेविका महिलाहरुलाई भब्य रुपमा स्वागत तथा सम्मान गरिएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा अवलोकन भ्रमणका लागी लुम्बिनी नगरपालिकामा पाल्नुभएका १४१जना धरानका महिला स्वास्थ्य स्वंसेविकालाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले धरान र लुम्बिनी विच असल सम्बन्ध कायम भएको बताउनुभएको छ ।महिला स्वास्थ्य स्वंसेविकाको क्षेत्रमा आगामी बजेटमा कार्यक्रम राख्ने गरि योजना तर्जुमा गरिने बताउनुभयो । आगामी दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका १३१ जना महिला स्वास्थ्य स्वंसेविकाहरुलाई अवलोकन भ्रमण लैजाने कुरामा समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथिको रुपमा पाल्नुभएका धरान उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वंसेविका अध्यक्ष विजयकला राईले साच्चीकै लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटकीय महत्व बोकेको क्षेत्र भएको बताउनुभएको छ । भगवान गौतम बुद्धको जन्मभुमि ल्ुम्बिनीको पवित्र भुमिको अवलोकन गर्न पाउदा खुशी लागेको बताउदै राईले महिला स्वास्थ्य क्षेत्रमा धरानले काम गरेको बारे जानकारी समेत गराउनुभयो ।
पालिकाको सभाहलमा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद चौधरी,धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा कर्मचारी दिपकला राई लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संञ्चालन नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्