रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा हिजो देखि शैक्षणिक विधि सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वविधालय अनुदान सहयोग तथा सहिद नारायण पोखेल क्याम्पसका आयोजनामा दुई दिने शैक्षणिक विधि सम्बन्धी राष्ट्रिय सम्मेलन भएको हो ।
विभिन्न क्याम्पसका क्याम्पस प्रमुख,प्राध्यापक केही सरकारी स्कुलका प्राधानाध्यापक लगायतको सहभागितामा विज्ञ शैक्षिक विद्हरुबाट सो सम्बन्धी प्रशिक्षण दिईएको क्याम्पसका क्याम्पस प्रमुख हेमन्त थापाले जानकारी दिए ।
वर्तमान परिवेशमा प्रविधिलाई शिक्षासंग कसरी जोड्ने,र आजको शैक्षणिक विधि कस्तो हुने?शैक्षिक संस्थाहरु र शिक्षकहरुले पठनपाठनमा कस्तो विधि अपनाउने भन्ने सम्बन्धमा आज सम्म तालिम भएको क्याम्पसले जनाएको छ । तालिमको सहजीकरण प्रोफेसर डा.बाबुराम ज्ञवाली,डा.बासुदेव काफ्ले,डा.अरुण क्षेत्री लगायतले दिइएका थिए ।
प्रतिक्रिया दिनुहोस्