सुरेश परियार,वैशाख २० गते,
रुपन्देहीको सैनामैनामा ठुलाे परिमाणमा अवैध सालको काठ बरामद भएको छ ।सैनामैना वडा न.६,इङुरियाबाट २६ पिस सालको काठ नियन्त्रणमा लिएको इङुरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुर्ण बहादुर वि.कले जानकारी दिए ।
इङुरिया सामुदायिक वनबाट लु ३ च ६६९५ नम्बरको बोलेरो जिपमा ल्याउँदै गरेको अवस्थामा ५२.८९ क्युफिट सालको काठ बरामद भएको ईलाका प्रहरी कार्यालय साल्झण्डिले जनाएको छ । बरामद काठको बजार मुल्य रु.३ लाख सम्म पर्न जाने अनुमान गरिएको छ ।
विशेष सूचनाका आधारमा सामुदायिक वनको टिमले नियन्त्रणमा लिए संगै तत्काल प्रहरीलाई जिम्मा लगाएको हो । साथै,गाडी चालक र सह-चालक समेत पक्राउ परेका छ्न ।
प्रतिक्रिया दिनुहोस्