मुख्य समाचार

सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह दर्ता,सम्बन्ध विच्छेद जस्ता विषयमा प्रशिक्षण गराईएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले व्यक्तिगत घटना दर्तालाई प्रभाकारी बनाउन यो कार्यक्रम गरिएको बताएका छ्न । मानव जीवन संग घटना दर्ता जोडिएको बताउदै मेयर शर्माले सेवाग्राहीलाई कानुन सम्बत सेवा दिन आग्रह गरे ।

कार्यक्रममा नगरपालिका उपप्रमुख विना राना मगरले घटना दर्ता गर्दा बुझेर मात्र दर्ता गर्न आग्रह गरेकि छिन् । उपमेयर रानाले ब्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिको लागि घटना घटेकाे ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर ब्यक्तिगत घटना दर्ता गर्न अपिल गरिन् ।

नगरपालिकाका कार्यालयपालि सदस्यहरु,सरकारि तथा संस्थागत विधालयका प्राध्यानाध्यापकहरु,नगरपालिकाका शाखा प्रमुख बिच भएको सो अभिमुखीकरणको सहजीकरण पञ्जिकरण शाखा प्रमुख केशवराज अर्यालले गरेका थिए ।

 

सम्बन्धित समाचार