सुरेश परियार,फाल्गुन २५ गते,
एकपुरुषको हत्यामा संलग्न हत्यारालाई नियन्त्रणमा लिई रुपन्देही प्रहरीले आज सार्वजनिक गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा न.२ उचडिहवामा होलीको राती अन्दाजी ३५ वर्षिय पुरुषलाई सामुहिक रुपमा हत्या गरि फालिएको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाका अनुसार पक्राउ पर्नेमा अर्घाखांचीको सिमलपानी वर्ष २७ का ध्रुव बि.सी,सैनामैना –२ कालिका चोकका १८ बर्षिय शिशिर थारु र नवलपरासीको बर्दघाट नगरपालिका वडा नं –९का २५ बर्षिय सन्दिप उपनाम गरेका शेर बहादुर बोहोरा रहेका छन्। पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान कसुरमा मुद्धा दर्ता गरि अनुसन्धानलाई अघि बढाईएको छ ।मृतकको अझै सनाखत हुन सकेको छैन भने शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरी नायव उपरिक्षक थापाका अनुसार होलीको राती संगै बसेर मादक पदार्थ सेवन गरेको र अन्य गतिविधीहरुको भएका कारण हत्यामा संलग्न भएको पुष्टिहुने आधारहरु फेला परेको बताएका छन् । होलीको अर्को दिन खेतमा रगताम्य अवस्थामा एक पुरुष मृत देखे संगै बिहान ८ः३० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खवर पाए संगै इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेको कमाण्डमा प्रहरी टोली घटना स्थल पुगेको थियो । संगै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापा चिकित्सक सहितको टोली र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भरत बहादुर बि.क र उच्च अनुसन्धान टोली सहितको प्रहरी टोली घटना स्थल पुगेर प्रारम्भीक रुपमा अनुसन्धान गरेको थिए । घटना स्थलबाट फुटेको वियरका बोत्तल,केही बस्त्र समेत फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्