रुपन्देहीको मायादेवी गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुँजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।
शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदन मार्फत गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले बताएका छ्न ।पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने अध्यक्ष चौधरीले बताए । अध्यक्ष चौधरीले गाउँपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गरे ।
पालिकाको सभाहलमा भएको कार्यक्रममा मायादेवी गाउँपालिका वडा न.१ देखि ८ सम्मका जनप्रतिनिधिहरु,कर्मचारी सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।सभामा पालिकाका प्रवक्ता तथा वडा न.७का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीको सन्चालन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्