रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलाप कर्ताहरुलाई आधारभुत तालिम दिन आजदेखि सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऎन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडा स्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय,कार्य सम्पादन र सहजीकरण सम्बन्धि विषयमा प्रशिक्षण दिन सुरु गरिएको आयोजकले जनाएको छ ।आज देखि सुरु भएको तालिम माघ ९ गते सम्म जारी रहने छ । १०७ जना मेलमिलापकर्तालाई तालिम दिन लागिएको हो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले आफ्ना कमि कमजोरीलाई स्विकार गरि न्याय प्रणालिलाई साथ दिन आग्रह गरेका छ्न । सामाजिक न्यायको पक्षमा नगरलाई उभाउन तालिमको आयोजना गरिएको बताउदै मेयर शर्माले क्षमतावान सहजकर्ता बन्ने बिश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा सैनामैना नगरपालिकाका संस्थापक मेयर चित्र बहादुर कार्किले पक्ष र विपक्ष भएर न्याय दिनु पर्ने बताएका छ्न । न्यायिक समितीले कसैलाई काखा र कसैलाई पाखा गर्याए बास्तबिक पीडितले न्याय नपाउने उल्लेख गरे । न्यायलय दिने सन्दर्भमा राजनीतिकरणगर्न नहुने तर्क गर्दै कार्किले निर्धक्क भएर तालिम लिन आग्रह गरे ।
सैनामैना नगर उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका प्रशासकिय अधिकृत जनक थापा,नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल,नेकपा एमालेका नगर अध्यक्ष नारायण न्यौपाने,प्रमुख प्रशिक्षक सिताराम अधिकारी लगायतले बोलेका थिए ।
सैनामैना वाटर रिसोर्टमा भएको कार्यक्रम सैनामैना वडा न .८ का वडा सदस्य नारायण न्यौपाने को स्वागत तथा वडा न.४का वडाअध्यक्ष राम प्रसाद अधिकारीको सन्चालनमा उद्घाटन सत्र सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्