मुख्य समाचार

सैनामैनामा रातीमा सुरु भई रातीमै समापन हुने महोत्सव हुँदै

रुपन्देहीको सैनामैनामा रातीमा सुरु भई रातीमै समापन हुने भड्छा तथा माघी औँसी महोत्सव हुदैँछ । भड्छा गाउँ समाजको आयोजनामा यहि माघ ६,७ र ८ गते तिन दिन सम्म माघी महोत्सव गरिने आज पत्रकार सम्मेलन मात्र जानकारी गराईएको छ ।

थारु संस्कृतिको जगेर्ना संगै विविध कार्यक्रमका साथ सैनामैना वडा न.८ रामापुर भित्र भड्छामा  ११२ औँ भडछा महोत्सव गर्न लागिएको कार्यक्रम मुल समितिका संयोजक बुद्धिराम चौधरीले जानकारी दिए ।

महोत्सवमा विभिन्न थारु परिकार,स्थानीय कृषि बस्तु प्रर्दशन,थारु संस्कृति झल्कीने विभिन्न नाँच संगै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुत रहने छ ।कार्यक्रम सम्पन्न गर्न अनुमानित ८ लाख खर्च लाग्ने भएको छ भने सैनामैना नगरपालिका र विभिन्न ब्यापारिक प्रतिष्ठानले सहयोग गर्ने भएका छन् ।

 

सम्बन्धित समाचार