मुख्य समाचार

मिल व्यवसायी सैनामैनाकाे अध्यक्षमा दिनेश पाण्डे निर्वाचित

 

पश्चिम ज्यालादारी मिल व्यवसायी संघकाे अध्यक्षमा दिनेश पाण्डे निर्वाचित भएका छन । आइतबाार सैनामैनामा सम्पन्न ११ ओैँ साधारणसभा तथा छैठाैँ अधिवेशनबाट पाण्डेकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती सर्वसम्मत रूपमा चयन भएकाे निर्वाचन समितिका संयाेजक राज बहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार संघकाे बरिस्ठ उपाध्यक्षमा शेखर प्रसाद श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मण पाण्डे, सचिवमा सुर्यमान चाैधरी, सह-सचिवमा निल प्रसाद चाैधरी र काेषाध्यक्षमा रामनारायण थारू चयन भएका छन । संघकाे सदस्यहरूमा गर्वु थारू, हरी भुज, कपिलदेव खनाल, नवीन चाैधरी, कृष्ण काफ्ले, तिर्थराज डुम्रे र आत्माराम भुषाल रहेका छन ।

अधिवेशनमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी लुम्बनी प्रदेशसभा सदस्य तुल्सी चाैधरीले मिल व्यवसायले थप आधुनिकिकरण गर्न आवश्यक रहेकाेमा जाेड दिए । उनले मिल व्यवसायीकाे समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेकाे बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि पश्चिम ज्यालादारी मिल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष खेमराज ढकालले मिल व्यवसायी संघ चुनाैतीका वावजुत खडा भएकाे संस्था भएकाे बताए । मिल दर्ता र नविकरणमा व्यवसायीले समस्या झेल्नु परेकाे उल्लेख गर्दै उनले सराेकारवालाले यसमा चासाे नदेखाएकाे दुखेसाे गरे । अर्का बिशिस्ट अतिथि घरेलु महांसघका केन्द्रिय सदस्य कनैयालाल कशाैधनले मिल व्यवसायी एकजुट भएर हक हितका लागि लाग्नु पर्नेमा जाेड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि सैनामैना उद्याेग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले उद्याेग व्यवसायीकाे समस्याका बारेमा वाणिज्य संघ जानकार रहेकाे उल्लेख गर्दै अब समस्याकाे सामुहिक समाधान खाेज्ने समय आएकाे बताए ।

कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमानाथ कंडेलकाे अध्यक्षता र सचिव सुर्जेमान चाैधरीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा निवर्तमान काेषाध्यक्ष शेखर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सम्बन्धित समाचार