रुपन्देही युवा परिषद रुपन्देही जिल्ला संयाेजक अर्जुन क्षेत्री (हापु)लेआफनो जन्मदिन सामाजिक क्षेत्रमा सहयोग गरी मनाएका छन् । रुपन्देहीको तिलोत्तमाका स्थायी बासिन्दा क्षेत्री ले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा आज शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।
हापुले तिलोत्तमा वडा न.१४मा रहेको टिकुलिगढ माबि र सरस्वती आधरभुत बिधालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन ।
खेलकुद बिकास समिति को जिल्ला सदस्य,तरुण दल तिलोत्तमा नगर सदस्य समेत रहेका हापुले जन्मदिनमा फर्जुल खर्च गर्नु भन्दा सो खर्च शिक्षामा गरेको सहयोगले शैक्षिक उन्नयनमा टेवा दिन पुग्ने बताए ।अहिलेका विद्यार्थीहरु भोलिका कर्णाधार भएकाले शिक्षाबाट जो कोही पनि वञ्चित हुन नहुनेमा हापुले जोड दिए ।
उनले खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सामग्री समेत प्रदान गरेको बताए । सामाजिक काममा सक्रिय भएर जनताका माझ लोकप्रिय बनेका हापु हाल गृहमन्त्री बालकृष्ण खाँणका बिश्वासिलो पात्र समेत हुन
प्रतिक्रिया दिनुहोस्