रुपन्देहीको सैनामैना वार्ड न.५बुद्धनगरमा रहेको गुनाखर होलिडे रेस्टुरेन्ट एन्ड लजले बिगत देखि नै सामाजिक कार्य गर्दै अघि बढेकाे छ । तिहारको मुखमा होटेलको दानपत्रमा सङकलित भएको पैसाले आज अति बिपन्न परिवारलाई खाधन्न सहयोग गरेको होटेल सन्चालक नारायण आचार्यले जानकारी दिए ।
होटेलमा सेवा लिन आएकाले दानपत्रमा दान गरेको पैसा, होटेललाई सेवाग्राहीले तिरेको रकम बाफत केही प्रतिशत छुट्टाएको रकम र होटेलको सहयोगमा सैनामैना वडा न.११ भाेटे बस्तीमा गैई चार अति बिपन्न परिवारलाई खाधान्न प्रदान गरिएको हो ।
ती परिवारलाई चामल,दाल,तेल,नुन,बेसार साबुन लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा होटेलका सन्चालकद्वय खिमराज पोख्रेल,सीता अर्याल,सामाजिक अभियान्ता दिपक काफ्ले,प्रेम न्यौपाने,राजन कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्