रुपन्देही क्षेत्र न.२ मा निर्वाचन आयोगले दुई उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि न्याय माग्दै धर्ना शुरु भएको छ। जनताकोे उम्मेदवारलाई न्याय दे भन्दै युवाहरूले धर्ना सुरू गरेका हुन्।लौरो अभियानका उम्मेदवार डा.कमल भुसाल निकोलसका समर्थक र नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङका समर्थकहरूले संयुक्त रूपमा धर्ना सुरू गरेका हुन्।
रुपन्देही २ को निर्वाचन अधिकृतले राजनीतिक प्रभावमा परेर उम्मेदवारी खारेज गरेको भन्दै लौरो अभियानका समर्थक र राजु गुरुङका समर्थकहरु निर्वाचन कार्यालय रहेको गेटमा धर्नामा बसेका छन्।धर्ना बस्नेहरूले बिभिन्न प्ले कार्ड बोकेका छन्। प्ले कार्डमा निर्वाचन अधिकृत हो की आदेश पालक, निर्वाचन आयोग जनताकोे उम्मेदवार खोइरु, रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी लगायतका नारा लेखिएका छन्।
उनीहरुले डा.कमल र गुरुङको उम्मेदवारी बदनियतपूर्ण तरिकाले खारेज गरिएकाले उम्मेदवारी कायम गर्न अपिल समेत गरेका छन्। सो क्षेत्रमा एमालेका नेता विष्णु पौडेल उम्मेद्धवार छन् ।
प्रतिक्रिया दिनुहोस्