सुरेश परियार,असोज २५ गते,
रुपन्देहीको सैनामैनामा रहेको सप्तऋषि सहकारी संस्थाको १४औँ साधारण सभा जारी छ । असोज २४ गते देखि विभिन्न वडामा सुरु भएको साधारण सभा आज सैनामैना वडा न.५ देखि ८ सम्म सम्पन्न भएको सहकारीका ब्यवस्थापक कोषराज बस्नेतले जानकारी दिए ।आज भएको कार्यक्रममा सप्तऋषि सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँको अध्यक्षतामा भएको हो ।
सोही अबसरमा वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै सहकारीले उल्लेखनीय प्रगति गरेको अध्यक्ष बानियाँले बताएका छन् ।उनले संस्थामा आवद्द भएका सदस्यहरु विच स्वाबलम्बन,पारस्पारिक सहयोग तथा मितब्ययिता अभिबृद्धि गरेको बताउदै उत्पादन क्षेत्रमा लगानी गरेको उल्लेख गरे ।सहकारीकै माध्यमबाट आर्थिक तथा सामाजिक जिवनस्तर उकास्न सकिने जिकिर समेत अध्यक्ष बानियाँले गरे ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिपक कुमार चालिसेले आर्थिक प्रतिवदेन पेश गरेका थिए भने कार्यक्रममा संस्था उपाध्यक्ष्य जमुना पोख्रेलको स्वागत तथा सचिब मित्र बहादुर क्षेत्रीको सञ्चालन रहेको थियो ।साधारण सभा असोज ३० गते सम्म जारी रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्